जेठ ०४, २०८१, शुक्रबार
               

कर्णालीका ३ जिल्लामा थपिए २९ संक्रमित

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

 कर्णाली प्रदेशमा आज थप २९ जना कोरोना भाइरसकाे संक्रमण देखिएको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज २९ जना नयाँ कोराना संक्रमित थपिएका जानकारी दिए । उनले भने, “प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण  देखिएको छ ।”

उनका अनुसार सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका छन् । ती ११ जना सबै पुरुष हुन् । सल्यानको दार्मा गाउँपालिका १, २, ३ र ४ का ९ जना ३५ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । 

अछाम मंगलसेन नगरपालिका ४ का एकजना २३ वर्षीय पुरुष र सोही जिल्लाको मेल्लेख गाउँपालिका  ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष छन् ।

यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि