जेठ ०४, २०८१, शुक्रबार
               

भारतबाट आएका थिए स्याङ्जाका संक्रमित

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

पोखरा । स्याङ्जा जिल्लामा कोरोना संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । 

स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको मुम्बईबाट १५ गते स्याङ्जा आएका अर्का एकजना साथीसँगै गृह जिल्ला आएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।

ती युवक विरुवा आएर स्थानीय नवज्योति माविको क्वारेन्टाइनमा बसेका थिए । 

कोरोना संक्रमण पुष्टि भएका ती युवकसँग २० जनाको स्वाब परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि