जेठ ०४, २०८१, शुक्रबार
               

तीनमहिने जुम्ल्याहा बच्चा र सुत्केरी कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा  कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका २ मा रहेका दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

केही दिन अघि भारतको दिल्लीबाट आएका दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाइरसबाट संक्रमित पुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले बताए ।

परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ आएको छ । 

रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि