जेठ ०४, २०८१, शुक्रबार
               

दुई सातादेखि रुकुमपूर्वका दाजुभाइ बेपत्ता

रासस
जेठ २०, २०७७

ADVERTISEMENT

रुकुमपूर्व । भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए ।

दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए ।

हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ । परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि