जेठ ०४, २०८१, शुक्रबार
               

सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टाइन

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।  शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टाइन निर्माण गरेको  गणले जनाएको छ । 

जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टाइनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा  सेनाले कवारेन्टिन निर्माण गरेको शिखर नगरपालिकाका  प्रमुख सीताराम जोशीले बताए । 

नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि