जेठ ०४, २०८१, शुक्रबार
               

गुल्मीमा एक युवक कोरानामुक्त

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

गुल्मी । कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्केका छन् । मदाने गाउँपालिका –६,  पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको  गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए । 

पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएपछि कन्टयाक्ट ट्रेसिङका  आधारमा डाँगीको स्वाब परीक्षण  गर्दा रिपोर्ट पोजेटिभ आएपछि  गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो ।  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उनलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट  हस्तान्तरण गर्दै आइसोलेशन कक्षबाट बिदाइ गरेका थिए। डाँगीले ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा राखे ।

उनलाई पहिलो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डा पाच्यले बताए ।  
 


कस्तो लाग्यो ?

यो पनि