जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा सबैभन्दा बढी संक्रमित उमेर समूह २१-३० वर्ष (संक्रमितकाे उमेरगत विवरणसहित)

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर ६० वर्ष माथिका उमेर समूहमा काेरोना संक्रमण बढी देखिएको छ । मृत्यु हुने मानिसहरु पनि यही उमेर समूहका छन्।

तर नेपालमा भने युवाहरू बढी काेराेना पीडित रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संक्रमित २१-३० वर्ष उमेर समूहका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

पछिल्लाे तथ्यांकअनुसार उक्र उमेर समूहका ६९७ जना संक्रमित रहेका छन्  । त्यस्तै, संक्रमित मध्ये ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका ४१२ जना रहेका छन्। 

नेपालमा दुई महिने शिशुदेखि ८४ वर्षीय वृद्धसम्म संक्रमित छन् छन् । संक्रमित मध्ये  ११-२० वर्ष उमेर समूहका  जना ३८६ जना संक्रमित छन्।

४१-५० वर्ष उमेर समूहका १७२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ५१ देखि ६० वर्षको उमेर समूहका ५४ जना संक्रमित छन्। १० वर्ष भन्दा कम उमेर समूहका संक्रमितहरू ४९ जना छन् । त्यस्तै ६१-७० उमेर समूहका संक्रमित २१ जना छन्।

संक्रमितमध्ये ७१-८० वर्षको उमेर समूहका ६ जना र ८० वर्षभन्दा माथिका १ जनामा संक्रमण पुष्टि भएको छ।

साथै संक्रमितमध्ये १ हजार ६६६ जना पुरुष छन् भने महिला संक्रमितकाे संख्या १३२ जना रहेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि