जेठ ०४, २०८१, शुक्रबार
               

नर्भिक अस्पतालमा उपचारत एक बिरामीमा कोरोना पुष्टि, संक्रमितलाई पाटन लगियो

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा उपचारत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको नर्भीक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौँडा उपमहानगरपालिका ४ की ६१ वर्षकी महिलामा  कोरोना संक्रमण पुष्टि हो । 

संक्रमण पुष्टिभएसँगै उनलाई उपचारका लागि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको बताए । 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन,आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।’

आइसोलेसन कक्ष अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनमा खटिने विशेष टिम भएकाले अस्पतालको अरु सेवामा अप्ठेरो नपर्ने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि