जेठ ०४, २०८१, शुक्रबार
               

साेमबारमा मात्र थपिए २२६ जना संक्रमित, कुल सँख्या १७९८ जना पुग्यो

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा साेमबार २२६  जनामा काेराेना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जना संक्रमित थप भएका हुन् । 

त्यस्तै स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता  विकास् देवकाेटाका अनुसार कपिलबस्तुका ४० जना, रौतहटका १८ जना, बाँकेका ७ जना, दाङका ९ जना, धनुषाका ७ जना,  महाेत्तरीका २ जना थप भएका हुन् ।

साथै मकवानपुरका १ जना,  सर्लाहीका ३८ जना, सिराहाका ५ जना, उदयपुरका १ जना, कैलालीका १ जना, कन्चनपुर १ जना र बैतडीका १ जना गरी एकैदिन २२६ जना थप भएका हुन् । 

याे संक्रमित सँख्या अहिलेसम्मकै उच्च हाे । यो सँगै नेपालमा कुल संक्रमितको १ हजार ७९८ जना पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि