जेठ ०४, २०८१, शुक्रबार
               

रुकुम-जाजरकोट घटना छानबिन गरी यथार्थ बाहिर नल्याए आन्दाेलन गर्ने चेतावनी

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं जिल्ला संघका अध्यक्ष गंगा सुनारले रुकुम–जाजरकोट घटनाको छानबिन गरी यथार्थता बाहिर नल्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

नेपाल दलित संघले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनले यस्तो बताएका हुन् । 

साथै, अध्यक्षले जातीय छुवाछूतकै कारण घटना भएकाले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको बताए । 

सोमबार माइतीघर मण्डलामा दलितमाथिको भेदभाव अन्त्य गर, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन, वर्ण विभेद अन्त्य गरजस्ता नारासहितका प्लेकार्ड लिएर आन्दोलनमा उत्रेका थिए । 

संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । 

यसका अलवा प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामासमेत माग गरेका छन् । 

रुकुम घटनामा जाजरकोटका नवराज विक सहित पाँचजनाको मृत्यु भएको थयो भने अर्का एक  अझै बेपत्ता छन् । 
 

यो पनि