बैशाख २१, २०८१, शुक्रबार
               

चट्याङ लागेर महिलाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

मोरङमा वर्षासँगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । 

सुनवर्षी नगरपालिका ६, तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

आज दिउँसो आफ्नै मकैबारीबाट मकै लिई घरतर्फ आउँदै गर्दा वर्षासँगै आएको चट्याङ लाग्दा दास सख्त घाइते भएकी थिइन् । उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि