बैशाख २१, २०८१, शुक्रबार
               

अटोमेटिक पेस्तोलसहित २० वर्षीय युवक पक्राउ

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–१७ बलौनीबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका–८ भम्रपुरा बस्ने डिके भन्ने २० वर्षीय अजिजुल राईन छन्।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका–१७ बलौनीस्थित आँपको बगैचामा ज४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो।

राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो पनि