बैशाख २१, २०८१, शुक्रबार
               

कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित १९८ पुगे

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

सोमबार कर्णाली प्रदेशमा  फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका–३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं‍. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ । यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि