बैशाख २१, २०८१, शुक्रबार
               

शिक्षा कार्यालय भवनमा कोरोना अस्पताल बनाउने

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

डोटी जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शिक्षा इकाइलाई पशुसेवा कार्यालयको भवन सारेर शिक्षा कार्यालयको भवनमा कोरोना अस्थायी अस्पताल वनाउने निर्णय भएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल सुरुमा १६ शय्याको बनाउने र आवश्यक परे शय्या थप्दै जाने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

सर्वपक्षीय बैठकले जिल्ला भित्रका मेडिकल अधिकृत कार्यरत रहेका स्थानीय स्वास्थ्य संस्थाहरुमा कम्तिमा १० आइसोलेसन बेड तयार गर्न सम्वन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णयसमेत गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि