बैशाख २१, २०८१, शुक्रबार
               

भीम अस्पतालबाट २५ जना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । 

डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।

प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो ।

उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाइदिएर पुष्पगुच्छा दिएर बिदाइ गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि