बैशाख २०, २०८१, बिहीबार
               

दुई प्रहरीसहित ४३ जनामा कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

४३ संक्रमितमध्ये जुम्लाका १९ जना र दैलेखका २४ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

संक्रमितमध्ये दुई जना जुम्लाका प्रहरी समेत छन् ।

जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला छन् ।

योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ । कर्णाली प्रदेशमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि