बैशाख २१, २०८१, शुक्रबार
               

तीन दिन सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान जारी मौसम बुलेटिनमा नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहि प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भू–भागमा वर्षा भइरहेको छ ।

सोमबार पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । पूर्वी भू–भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा  मेघगर्ज, नचट्याङसहित वर्षाको  सम्भावना रहेको छ।

राती पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम  सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू(भागका एक दुई स्थानमा  मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा  स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि