बैशाख २१, २०८१, शुक्रबार
               

बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं  । आइतबार राती बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या संख्या १२ जना पुगेको छ । उपचारको क्रममा सोमबार थप एकको मृत्यु भएपछि मृतक संख्या १२ पुगेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।  त्यस्तै सो दुर्घटनाका अन्य २१ जना घाइतेको भेरी अस्पतालमै उपचार भइरहेको बताइएको छ भने ती मध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै गरेका थिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती  दुर्घटना भएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि