बैशाख २१, २०८१, शुक्रबार
               

बाँकेमा बस दुर्घटना, ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँके राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै क्रममा रहेको हायस दुर्घटना भएको हो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडी बाटोमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा मध्यराति ठोक्किँएको प्रहरीले जनाएको छ ।

बसमा ३३ जना सवार थिए । त्यसमा सवार सबैजसो घाइते भएकोमा चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि