जेठ ०४, २०८१, शुक्रबार
               

क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टाइनमा बसेका देशभरका नागरिकको अनिवार्य पिसिआर गर्न आदेश दिएको छ ।  यसअघि नेपाल प्रवेश गरेका सबै व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको सर्वोच्च अदालतले फेरि पिसिआर गर्न आदेश दिएको हो । अधिवक्ता पुण्याप्रसाद खतिवडालगायतले दायर गरेको रीटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले आईतबार यस्तो आदेश जारी गरेको हो । 

इजलासले कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई आवश्यक पर्ने पोशाक र स्वास्थ्य उपकरण निःशुल्क उपलव्ध गराउनसमेत सरकारलाई आदेश दिएको छ ।  क्वारेन्टाइनमा लामखुट्टेको जोखिम बढेको भन्दै यसको संक्रमणवाट जोगिने पर्याप्त प्रवन्ध गर्न पनि अदालतले भनेको छ । 

अदालतले क्वारेन्टाइनमा बसेका सवैलाई निःशुल्क खाना खुवाउन पनि भनेको छ । सरकारले विदेशबाट ल्याउन लागेका नागरिकलाई उनीहरूकै खर्चमा क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका बेला अदालतको यस्तो आदेश आएको हो ।  अदालतले कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नागरिकलाई निःशुल्क सिटामोल, गुणस्तरीय मास्क र स्यानिटाइजरसमेत उपलव्ध गराउन सरकारको नाममा आदेश दिएको छ ।  

यसअघि सर्वोच्च अदालतले नेपाल प्रवेश गरेका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको थियो । सर्वाेच्चको आदेश अनुसार विदेशबाट हवाईजहाज र स्थलमार्ग हुँदै आएका सबैलाई क्वारेन्टाइनमा राखेको नपाइएकाकाले स्थानीय तहमार्फत तिनीहरुलाई पत्ता लगाई आवश्यकअनुसार क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा निगरानीसहित राख्र्दै आइएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि