जेठ ०४, २०८१, शुक्रबार
               

असारबाट पठनपाठन सुरु हुने

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण अवरुद्ध भएको पठनपाठन १ असारबाट हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्दे्शिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई आव्हान गरेका छन् । 

मन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति 

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले सृजना गरेको विषम परिस्थितिका कारणले शिक्षा क्षेत्र पनि प्रभावित भएको सर्वविदित नै छ । यो  रोगको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थाका कारण एकातिर नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन भने अर्कातिर विद्यालय शिक्षादेखि उच्चशिक्षा सम्मका परीक्षाहरू स्थगित रहेका छन् ।

सम्माननीय प्रधानमन्त्रिज्यूको २०७७ जेष्ठ १२ गतेको सम्बोधन र निर्देशनलाई ध्यान दिदै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु । सिकाइ निरन्तरता, पछिल्ला नीतिगत निर्णयहरू र भर्खर सार्वजनिक गरिएको बजेट सम्बन्धमा भए गरेका कार्यहरू स्पष्ट पार्न यो विज्ञप्ति सार्वजनिक गरिएको छ  ।

विद्यार्थीको सिकाइ निरन्तरताका सम्बन्धमा 
लामो समयसम्म पढाइ अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नु अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्दे्शिका, २०७७“ जारी गरिएको छ । यस सन्दर्भमा सो निर्दे्िशकालाई यहि २०७७ साल आषाढ १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।


कस्तो लाग्यो ?

यो पनि