जेठ ०४, २०८१, शुक्रबार
               

हत्या आरोपमा चार जना पक्राउ

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर-६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, तुलसीपुर-५ निवासी २३ वर्षीय अजय बुढाथोकी र  २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

शुक्रबार राति सामान्य विवादपछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।

अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ । तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि  शव फेला पारेको थियो ।


कस्तो लाग्यो ?

यो पनि