जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट मर्नेकाे संख्या ८ पुग्यो

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । 

दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिकाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा रहेकाे क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको शनिवार मृत्यु भएको थियो । त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २:३० बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हाे । पछिल्लाे समय मृत्यु भएकाे दुवै जना भारतबाट आएका मन्त्रालयले जनाएकाे छ । 

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि