जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लाे २४ घण्टाभित्र ६ हजार ९०७ जनाकाे काेरोना परीक्षण, ५३३ जनाले गरे स्वमूल्यांकन

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले काेराेना परीक्षणकाे दायरा बिस्तार गरिरहेकाे बताएकाे छ ।

आज भएकाे पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले पछिल्लाे समय परीक्षण  तीव्र बनाइएकाे बताएका हुन्

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टाभित्र पिसिआर विधिबाट २ हजार ८५३ जना र आरडिटी विधिबाट ४ हजार ५४ जनाकाे परीक्षण गरिएकाे छ । 

स्वासथ्यम मन्त्रालयका प्रवक्ता देवकाेटाका अनुसार हालसम्म ६९ हजार ५८२ जनकाे पिसिआर परीक्षण गरिएकाे छ भने आरडिटी विधिबाट १ लाख ११ हजार १०९ जनाकाे परीक्षण गरिएकाे छ ।

साथै ७२ जना पुरुष र ४८ जना महिला गरी २२० जनाले काेराेना जितेर घर फर्केका छन् भने ५३३ जनाले एप्समार्फत स्वमूल्यांकन गरेकाे स्वासथ्य मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि