जेठ ०४, २०८१, शुक्रबार
               

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षत्रीले बताए । उनका अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ ।

शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने जानकारी उनले बताए। 


कस्तो लाग्यो ?

यो पनि