जेठ ०४, २०८१, शुक्रबार
               

प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश २ अन्तर्गत रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भेटिएका हुन् ।

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।

धनुषाका संक्रमितहरु मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन् ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना छन् । 

उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि