जेठ ०४, २०८१, शुक्रबार
               

पाँच दिनमै डिस्चार्ज भइन् कोरोना संक्रमित महिला

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिला पाँच दिनमै कोरोनामुक्त भएकी छिन।

हेटौंडा उपमहानगरपालिका–१ की २५ वर्षीय महिलामा गत जेठ १४ गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएको पाँच दिनमै (आइतबार) भरतपुर अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

उनको शुक्रबार र शनिबार लिइएको स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनको स्वाव संकलन जेठ १० गते भएको थियो। ल्याबले ४ दिनपछिमात्रै उनको रिपोर्ट दिएको थियो। 


कस्तो लाग्यो ?

यो पनि