जेठ ०४, २०८१, शुक्रबार
               

आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रलायका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक र अन्य १७ जना दैलेखका छन् ।

दैलेखका १७ जनामध्ये नारायण नगरपालिकाका ९ जना र दैलेखकै देवलकाँडामा ५ जना पुरुष, सिमडाका एक, रातापानीका एक र साडुका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १२३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि