जेठ ०४, २०८१, शुक्रबार
               

आधुनिक कृषि औजार वितरण

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । बन्दाबन्दी जारी रहँदा किसानलाई भेला गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि औजार वितरण गरेको हो ।

कृषि औजार हस्तान्तरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावबाट माथि उठ्ने कृषिकर्म नै उत्तम विकल्प भएको बताए । 

सो ज्ञान केन्द्रले अन्नपूर्ण धान ब्लककोे लागि १५ थान कुटानीपीसानी मिल, १५ थान मिनी टिलर हलो, त्रिपाल, थ्रेसर मेसिन लगायतका सामग्री किसानलाई उपलव्ध गराएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि