जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा दुल्लु–११ का ३५ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको थियो ।

दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट फर्किएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि