जेठ ०४, २०८१, शुक्रबार
               

योजनाबद्ध पटक–पटक एकै व्यक्तिलाई पक्राउ नगर्न आग्रह

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतबाट भएका आदेशविपरीत स्वेच्छाचारी रुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । 

आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले शनिबार प्रेस विज्ञप्ति जार्दै यस्तो आग्रह गरेका हुन् । 

आयोगले हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारी रुपमा पटक–पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो । 

विज्ञप्ति निकाल्दै आयोगले अदालतबाट पटक–पटक भएका आदेशविपरीत स्वेच्छाचारी रुपमा व्यक्तिलाई पटकपटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानवअधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले घटनाको जानकारी गराउँदै गृहमन्त्रालयलाई २४ घन्टाभित्र सो घटनाको जवाफ पठाउन पत्राचारसमेत गरेको छ । 

खत्रीलाई २०७६ वैशाख २ गते पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्च अदालतबाट भएका आदेशविपरीत २०७६ चैत २८ गते, २०७७ वैशाख १३ गते, २०७७ वैशाख २८ गते, २०७७ जेठ २ गते र २०७७ जेठ १५ गते छैटौँपटक पक्राउ गरी हालको लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै २०७७ जेठ १६ गते सिरहा पु¥याइएको आयोगले जनाएको छ ।

यो पनि