जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन बढाउनुपर्ने आवश्यकता

रासस
जेठ १७, २०७७

ADVERTISEMENT

कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो । बन्दाबन्दी  जेठ २० सम्म जारी छ ।

अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ । बन्दाबन्दीको मोडालिटीमा परिवर्तन गर्ने विषय अहिले बहसमा उठेको छ । 

सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भनिसकेको छ । त्यसैले पनि अझै सावधानी अपनाउने, क्वारेन्टिन र आइसोलेसनको उचित व्यवस्थापनमा ध्यान जरुरी छ । सर्वसाधारणले पनि आफैँ सावधानी अपनाउनुपर्छ ।

पछिल्लो समयमा पत्रकार, सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा समेत कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको छ । त्यसैले अझै सरकारले सक्रियता बढाउने र सर्बसाधारणले थप सावधानी अपनाउन जरुरी रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउँछन् ।

सुरक्षाको अग्रपङ्क्तिमा रहेका २० प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले अग्रपङ्क्तिमा खटिने भएकाले मापदण्डअनुसार उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको बताए। 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि