जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा एकैदिन १८९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४०१ जना

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा शनिबार १८९ जना काेराेना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । यो संख्या अहिलेसम्मकै बढी हो। 

मन्त्रालयका अनुसर धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, पाटनकी १ जना महिला, महोत्तरीका ४ जना पुरुष, रौतहटका ६ जना  पुरुष, सर्लाहीका १७ जना पुरुष र सिरहाका ११ जना पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २९ जना पुरुष, सप्तरीका ९ जना, दाङका ५ जना र कपिल्बस्तुका ३ जना पुरुष रहेका छन् । साथै नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । बाराका १ जना पर्साका २ जना रहेक छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै दैलेखका हुन् ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप २ जनामा पोजेटिभ आएको छ । दुवै संखुवासाभाका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको १ हजार ४ सय १ पुगेको छ । १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि