जेठ ०४, २०८१, शुक्रबार
               

'सीमा नाकाबाट धेरै मानिस लुकीछिपी घर जान्छन्'

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सीमा नाकामा भारतबाट आउने नेपालीलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको जाजरकोट र सुर्खेतका स्थानीय र सीमा नाकामा खटिँदै आएका प्रहरी बताएका छन् । 

सीमा नाकामा खटिएका प्रहरीले बाहिरी जिल्ला र विदेशबाट आउनेहरुले प्रहरीलाई दैनिक हैरानी बनाउँदा सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे हुने उनीहरुले बताएका हुन् ।

स्थानीय पूर्णसमिर महतराले जाजरकोट, पश्चिम रुकुम, डोल्पालगायत जिल्लाका मानिस आउने मुख्य नाका रहेको छेडाबजारमा प्रहरीलाई दैनिक हैरान भएको बताए । 

‘प्रहरीले क्वारेन्टिनमा बस्नुपर्ने भनेर रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोज्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी काम गर्ने ? यहाँ सबै गाउँपालिकाले आफ्ना कर्मचारी तथा जनप्रतिनिधि खटाउनुपर्छ । धेरै मानिस प्रहरीसँग भिडेर, लुकीछिमी घरमा गएर बस्ने गरेका छन् ।’

त्यसैगरी, सीमा क्षेत्रमा खटिएका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले भोकै रहेका र  क्वारेन्टिनमा बस्न नमान्ने मानिसको आगमन हुँदा प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको बताए । 

‘प्रहरीले व्यक्तिगत रुपमा यहाँ आएका नागरिकलाई सम्झाउन मुस्किल पर्ने अवस्था छ,’ ‘हामीसँग  भोकभोकै आएकालाई खाना खुवाउने आवश्यक रकम समेत छैन । उहाँहरु पनि पैसा छैन भन्नुहुन्छ ।’ 

उनले विनाजाँच आएका मानिस नियन्त्रण गर्न जनशक्तिसमेत कम हुँदा थप समस्या भएको उनले बताए । 

‘बाहिरबाट आएका व्यक्तिलाई होटलमा समेत राख्न नमान्दा अर्को हैरान हुँदै आएको छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तलबबाट स्थानीय पसलबाट चाउचाउ किनेर नास्ता खुवाई नजिकै रहेको ओडारमा सुताउने गरेको छ ।’

साथै, सीमा नाकामा खटिएका प्रहरीले राति राति आउने मानिसका कारण  जोखिम बढ्दै गएको बताए । 

प्रहरीले सिमाना क्षेत्र प्रत्येक गाउँपालिकाका एकजना व्यवस्थापक पठाउन र सीमा क्षेत्रमा खटिएका प्रहरीको स्वास्थ्य जाँच गराउनसमेत आग्रह गरेको छ । 

बाहिरबाट आएका मानिसलाई व्यवस्थापनमा चुनौती देखिएकाले सो बजारमा क्वारेन्टिन निर्माण गर्न प्रहरी र स्थानीयवासीको माग छ । 
 


कस्तो लाग्यो ?

यो पनि