जेठ ०४, २०८१, शुक्रबार
               

सप्तरीमा ९ जनामा संक्रमण

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

जिल्लाको डाकनेश्वरी नगरपालिकाका–९ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा शनिबार आएको रिपोर्टमा डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश साहले जानकारी दिए ।

डाकनेश्वरी नगरपालिका–१ का एक, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का चार र वडा नम्बर ८ का दुई जनामा संक्रमित थपिएका हुन् । डाकनेश्वरी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या १२ पुग्दा सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ४२ पुगेको छ। 

स्वास्थ्य सहसंयोजक साहका अनुसार थप भएका सबैजना भारतबाट आएका हुन् । उनीहरु १८, १८, २०, २१, २४, २८, ३२, ४५, ६० वर्ष उमेरका छन् । उनीहरुको स्वाब लागि गत जेठ १३ गते लिइ पीसआिर परीक्षणका लागि पठाइएको थियो। थपिएका ९ जना संक्रमितलाई सोही क्वारेन्टाइनमा अलग्गै राखिएको छ । 

भारतबाट आउने र संक्रमित हुनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । डाकनेश्वरी नगरपालिकाको पातोस्थित क्वारेन्टाइनमा शुक्रबार राती ६ जना थप हुँदा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११५ पुगेको छ। 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन वार्डमा २४ जनालाई राखिएको छ । बोदे बसाइनका आठ जना र खडक नगरपालिकाका एक जनालाई आइसोलेसन बेडको अभावमा सम्बन्धित क्वारेन्टाइनमै राखिएको छ। 

संक्रमितलाई क्वारेन्टाइनमै राख्दा पाउनुपर्ने उपचार सेवाबाट वञ्चित भएपछि मानसिकरूपमा त्रसित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि