जेठ ०४, २०८१, शुक्रबार
               

पर्साका दुई जनामा कोरोना थपिए

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

पर्सा । पर्सामा फेरि दुई जनामा कोरोना संक्रमण थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा.नीरा पाठकले जानकारी दिइन् ।

उनका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ६० वर्षीया महिला भारतको मुम्बई र १८ वर्षीय युवक उत्तरप्रदेशबाट जेठ १३ गते आई दीपनारायण माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

क्वारेन्टिनमा बसेका ५० जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको सखुवा प्रसौनीका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि