जेठ ०४, २०८१, शुक्रबार
               

कालीमाटीका २२२ प्रहरीको कोरोना  रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २ सय ३१ मध्ये २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए । दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको थियो । जुन अझै कायमै छ ।

उनका अनुसार संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् । बाँकी ९ जनाको समेत आरडीटी रिपोर्ट कुरिरहेको एसएसपी ज्ञवालीले बताए । उनले भने,“बाकी ९ जनाको रिपोटै पनि नेगेटिभ आएमा सबैलाई जिम्मेवारीमा फर्काइनेछ । अहिले अन्य युनिटले कालीमाटी गर्दै आएको सुरक्षा जिम्मेवारी पूरा गरिरहेको छ ।”

यस्तै यसअघि कोरोना संक्रमण भएका दुवै प्रहरी अस्पतालबाट डिस्चार्ज भएका छन् । एसएसपी ज्ञवालीका अनुसार उनीहरुको शसस्त्र प्रहरीको बलम्बुस्थित कोविड–१९ अस्पतालमा उनीहरुको अन्य रिपोर्ट नेगेटिभ आएपछि डीस्चार्ज गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि