बैशाख १७, २०८१, सोमबार
               

हावाहुरीले घोगा लाग्न सुरु भएको मकै सोत्तर

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

हावाहुरीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न सुरु भएको मकैबालीलाई क्षति पुर्‍याएको छ ।

पटक–पटकको हावाहुरीले, ढाँडेखोला, कामीटार खोला, नौबीसे, सातबीसे कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर  क्षति पुर्‍याएको वडासदस्य तिलक कार्कीले जानकारी दिए ।

बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ । किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने जनाइएको छ । 

त्यहाँका ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र हो । यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि