जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्च अदालतले दियो सेवाग्राहीलाई ३० दिन हदम्याद

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला गरेको छ ।

लकडाउनको अवधिलाई शून्य समय मान्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई सो सेवा दिने निर्णय गरेको हो । 

अधिवक्ता टीकाराम भट्टराइले दायर गरेको रिटमा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

बिहीबार पहिलो पटक प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका सबै न्यायाधीशको वृहत पूर्ण इजलासले यस्तो फैसला गरेको छ । 

यो फैसलासँगै लकडाउनका कारण अदालत जान नसकेर वा अदालती प्रक्रिया नचल्दा हदम्याद गुज्रिएका, तारेख छुटेका, पेसी वा प्रतिवादी दिन नपाएका सबैले एक महिनाको सुविधा पाउने बताइएको छ । 

सर्वोच्च अदालतले यसअघि लकडाउन खुलेको ३ दिनपछिमात्र अदालतहरुको नियमित काम सुरु हुने बताएको थियो । यो सँगै अब सेवाग्राहीले सेवाग्राहीले ३३ दिनको मौका पाएका छन् । 

सर्वोच्च अदालतमा चालू अवस्थामा २३ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी छन् । 

यो पनि