बैशाख २६, २०८१, बुधबार
               

काभ्रेमा ८० वर्षयताकै भयानक बाढी

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेको पनौती नगरपालिका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । 

पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको र केही घर डुबानमा परेको काभ्रे क्षेत्र नं. दुईका सांसद गोकुल बास्कोटाले जानकारी दिएका छन् । सयौं रोपनीमा लगाइएको बालीसमेत बाढीले नष्ट गरेको छ । 

बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पुर्‍याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।

यसैबीच, काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका तीन जनालाई गएराति उद्धार गरिएको छ ।

खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि