मंसिर ०७, २०८१, शुक्रबार
               

बाँकेमा अनिश्चितकालीन कर्फ्यू

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि ‘लकडाउन’को उल्लंघन नरोकिएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो । 

बाँके जिल्लाभरि अर्को सूचना नआउन्जेलसम्मका लागि अत्यावश्यक सेवाहरू जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानी, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषि तथा कृषि पशुपंक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु अर्को आदेश जारी नभएसम्मका लागि सञ्चालन नगर्न नगराउन आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत विज्ञप्तीमा सूचित गरिएको छ । बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् भने जिल्लामा संक्रमितकाे संख्या १७० जना पुगिसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि