बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म ६ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । आज जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा सङ्क्रमण देखिएको हो ।
जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए । बाँकेका २२ कोरोना सङ्क्रमित उपचारपछि निको भई घर फर्किएका छन् । आज थपिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।