असोज ०५, २०८१, शनिबार
               

मंगलबार ज्यान गुमाएकी महिलामा देखिएन कोरोना

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

सप्तरी । मंगलबार ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

गत बिहीबार उपचारपछि घर फर्किएकी सप्तरीको कंचनरुप नगरपालिका ११ गोरपारकी २४ वर्षीया ममतादेबी माझीको घरमै ज्यान गएको थियो।

माझीलाई ज्वरो, पखाला र दम जस्ता समस्या देखिएको थियो। 

उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिएकोमा समान्य उपचारपश्चात् सोहीदिन घर फर्केकी थिइन्। तर, उनको मंगलबार ज्यान गएको थियो।

उनको मृत्युपछि मंगलबार नै स्वाब संकलन गरी धरान पठाइएको थियो। 

बुधबार उनको रिपोर्ट आएकोमा कोरोना संक्रमण नदेखिएको सप्तरीका डीएसपी तिलक भारतीले बताए। 


कस्तो लाग्यो ?

यो पनि