असोज ०५, २०८१, शनिबार
               

झापामा फेरि १७ जनामा देखियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालले जानकारी दिएको छ ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये दुई जना निको भएर घर फर्किसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि