बैशाख २५, २०८१, मंगलबार
               

ढलान गर्ने क्रममा चट्याङको झड्का लागेर एकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । 

कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रो तला ढलान गर्ने क्रममा चट्याङको झड्का लाग्दा सापकोटा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि