असोज ०५, २०८१, शनिबार
               

थप २१ जना कोरोनामुक्त भएर घर फर्किए

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सामा थप २१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएर घर फर्किएका छन् । 

गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएर फर्किएका हुन् । उनीहरुलाई गए राति डिस्चार्ज गरिएको हो ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको चकित्सक उदय नारायण सिंहले जानकारी दिए । 

६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।

कोरोना संक्रमितको उपचारको लागि पर्सामा एक सय २८ बेड क्षमताको आइसोलेसन बेड रहेकोमा ७० बेड क्षमताको नारायणी अस्पताल खाली छ । 


कस्तो लाग्यो ?

यो पनि