बैशाख २३, २०८१, आइतबार
               

आज पनि वर्षासहित चट्याङको खतरा

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । हाल नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पूर्वी भू–भाग र मध्य तथा पश्चिम पहाडी भू–भागमा  मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशको पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागहरुमा  सामान्य बदली र पश्चिमी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू–भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बिहिबार देशको पश्चिमी  भू–भाग लगायत मध्य र पूर्वी  पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यो पनि