असोज ०५, २०८१, शनिबार
               

विपन्न मजदुरलाई खाद्यान्य सहयोग

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । समग्र विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेकोबेला यसले सर्वसाधारणलाई निकै कष्ट दिएको छ ।

नेपालमा पनि अति विपन्न परिवारका लागि कोरोना संक्रमण पीडा बनिरहेको छ । ज्याला मजदुरी गरेर खाने वर्गलाई सर्वाधिक मार परेको छ ।

यो विषम परस्थितिमा सहयोगी हातहरू पनि सक्रिय हुन थालेका छन् । युवा समाजसेवी अरुण सापकोटा तथा युवा नेता अजयजंग शाहीले त्यस्ता गरिव तथा विपन्न एवं मजदुरहरुको पहिचान गर्दै राहत घरदैलोसम्म पुर्‍याएका छन् । बूढानीलकण्ठको भंगालमा रहेका मजदुरहरुको आवासमा आज मंगलबार उनीहरूले एक महिनाको लागि खाद्य एवं अत्यावश्यक सामग्री सहयोग गरेका हुन् ।

सापकोटा र शाहीको सहयोगी कदमलाई समाजसेवी प्रजुन्न भुपाल सिंहले पनि साथ दिएका छन् । लकडाउन अवधिभर राहत तथा सहयोगको कार्यलाई निरन्तरता दिने उनीहरूको योजना छ ।


कस्तो लाग्यो ?

यो पनि