बैशाख २१, २०८१, शुक्रबार
               

आज राति जापान उड्दै नेपाल एयरलाइन्स

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । 

निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । 

बन्दाबन्दी (लकडाउन) को अवधिमा निगमको जापानमा यो छैटौं उडान हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ । 

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिए । 

यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । 

पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि