असोज ०५, २०८१, शनिबार
               

स्याङ्जामा पनि भेटिए कोरोना संक्रमित, दिल्लीबाट आएका थिए दुई पुरुष

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

स्याङजा । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलबार पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा छन् । 

सीमा नाकाबाट उद्धार

संक्रमित दुई जनालाई चार दिनअघि भारतीय सीमा नाकाबाट उद्धार गरिएको वालिङ नगरपालिकाका प्रमख दिलिपप्रताप खाँडले जानकारी दिए ।

वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई (गाडी पठाएर) उद्धार गरेको थियो । भारतको दिल्लीबाट उनीहरु रेलमार्फत सुनौली नाकासम्म आइपुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि